logo

२०८१ असार ३२ सोमबार

logo
  • सोमबार, ३२ असार २०८१
  • बिपी काङ्ग्रेसका पौडेलको नेतृत्वमा ११ दलिय मोर्चा

    बिपी काङ्ग्रेसका पौडेलको नेतृत्वमा ११ दलिय मोर्चा

    • sunne kura
    • बुधबार, १४ मंसिर २०७९
    897
    SHARES

    नेपाली काङ्ग्रेस बिपीका प्रदेस प्रमुख अशोक पौडेलको नेतृत्वमा ११दल सम्मिलित मोर्चा निर्माण भएको छ।हिजो मिति २०७९/८/१३गते बसेको उक्त दलहरुको भेलाले अशोक पौडेल सम्योजक रहने गरि मोर्चा बनाइएको हो।जनताको साझा मुद्धाहरु भ्रष्टाचार अन्त्य महङी नियन्त्रण, अराजक्ताको उजागर र अन्याय अत्याचार र बेथितिको बिरुद्धमा आवाज बुलन्द गर्न उक्त मोर्चाको निर्माण भएको जानकारी नबगठित मोर्चाका सम्योजक ले गराउनु भयो।
    उक्त मोर्चामा राप्रपा नेपालका भुपाल खड्का,नेपाल सद्भावना पार्टीका चन्द्रलाल राजबन्शी,नेमकिपाका सालिग्राम राउत,एकीकृत शक्ति नेपालका देबि प्रसाद शिवाकोटीले,नेपाल परिवारदलका सरोज पौडेल,हाम्रो नेपाली पार्टीका प्रवेश पान्डे,मौलिक जरोकिलो पार्टीका गोपिकृष्ण कडेल,संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च थारुहटका रामेस कुमार चौधरी,राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदिप शर्मा का साथै नेपाल लोकतान्त्रिक पार्टीका ताराचन यादब को उपस्थित रहेको थियो।
    नेपाली काङ्ग्रेस बिपीका मोरङ जिल्ला सभापति हरिनारायण चौधरी र नेका बिपी सम्बद्ध महिला संघकि माया ओझाको पनि उक्त भेलामा उपस्थित रहेको थियो।
    यस भेलाले निकट भबिस्य मा नै आफ्ना भाबीकार्ययोजना बनाइ साझा मुद्धामा स्थापनाका लागि लड्ने जानकारी प्राप्त भएको छ।




    sunne kura
  • बुधबार, १४ मंसिर २०७९
  • सम्बन्धित समाचार